Skip to main content

Posts

Showing posts from 2014

पीडाअवतार – गोवर्धन पूजा

मन्तव्य - प्रा.डा. दुर्गाप्रसाद भण्डारी Download - https://itunes.apple.com/us/book/pidaavatara/id633171719?ls=1 गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै थोक भैसकेका रहेछन् : कवि, कथाकार, उपन्यासकार, गजलकार, नियात्राकार, मुक्तककार आदि । एक थोक मात्र भैदिएको भए मन्तव्य दिन मलाई सापेक्षतः सजिलो हुन्थ्यो । धेरै विधाका सर्जक भएका हुनाले उनको यो सङ्ग्रह बारे मन्तव्य दिन त्यति सजिलो प्रयास होला जस्तो लाग्दैन । उनका कविताहरू पढिसकेपछि म एक सत्यको सम्भावनाबारे भने सुनिश्चित छु : गोवर्धन पूजाका उपन्यास र कथाहरूमा पनि एक प्रकारको काव्यात्मक (लिरिकल) दृष्टिले आफ्ना कथानकहरूको उतारचढावको व्यवस्थापन गरेको होलान् अर्थात् बुद्धि पक्षभन्दा बढी हृदय पक्षको उपस्थिति त्यहाँ हुनुपर्छ । यो सङ्ग्रह पाठकको अनुभवको आधारमा मात्र उनका अरू विधाहरूको चर्चा गर्नु न्यायोचित हुँदैन । तर गोवर्धनको सिर्जना यात्रामा विचारभन्दा बढी भावनाको प्रधानता ह